जङ्गलमा लागेको डढेलोले पाइप जलाएपछि धरानमा खानेपानीको हाहाकार

बुधबार, ०७ चैत्र २०८०
सुनसरी- सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ । धरानमा वर्षेनी खानेपानीको समस्या बढ्दै गएपछि धरानका नगरप्रमुखको पहलमा कोकाहा नदीवाट पाइप विछ्एर धरानमा खानेपानीका केही हदसम्म समस्या सामाधान गरिएको थियो । तर जङ्गलमा लागेको डढेलोले खानेपानीको पाइप जलाएपछि पानी अवरुद्ध हुन पुगेको हो । पानी आउन वन्द भएपछि धरानको केही वडाहरुमा पानी आउन बन्द भएको छ । धरानको ११,१२ र १५ वडामा बढि पानीको समस्या देखिएको छ । चारकोशे जङ्गल क्षेत्रवाट छवटा बोरिङमार्फत धरानमा पानी आपुर्ती गरिंदै आएको छ । तर लगातारको खडेरीले पानीका मुहान सुकेका कारण समेत सर्वसाधारणको धारामा पानी नआउँदा धरानमा अहिले पानीको हाहाकार भएको हो । धरानमा दैनिक तीन करोड खानेपानीको माग रहेको छ । तर दुइ करोड लिटर पानीको मात्र आपुर्ती हुने गरेको छ । यो खडेरीमा झनै पानीको अभाव चुलिएको छ । साभार :नेपाल टेलिभिजन शब्द,तस्बिर : सन्तोष यादब

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार