धरान - सुनसरीको धरानमा बुधवार (आज) दिउसो बिभत्स ढङ्गले हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार १८ - १९ वर्ष जस्तो देखिने आर्यन समूदायकी किशोरीको शव धरान उपमहानगरपालिका(१८ स्थित डिपोट स्कूल छेउ घोपा क्याम्पमा भेटिएको हो ।
ईलाका प्रहरीले कार्यलय धरानका प्रहरी निरीक्षक भीम राईले हत्या एक दिन अघि भएको हुन सक्ने बताए । डिपोट स्कूलका एक शिक्षकले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाका बारेमा बुझन प्रहरी निरीक्षक राईको नेतृत्वमा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेकाले प्रहरीले मानिस परिवारजनमा हराएमा प्रहरी कार्यालयमा सम्पर्क गर्नु अनुरोध गरेको छ ।
शब भेटिएको ठाउँ निकै सुनसान रहेको कारण सो ठाउमा लागु औषध सेवनकर्ताहरु समेत भेला हो हल्ला तथा झगडा गर्ने गरेको स्थानीयले बताएका छ्न ।
किशोरीको शब भएको ठाउँमा हत्या गरेको वा हत्या गरेर शब फालेको भन्ने विषयमा प्रस्ट नभएको बुझिएको छ ।
प्रतिक्रिया