धरान-सुनसरीको धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान १८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान १६ निवासी सुमना श्रेष्ठ हुन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईका अनुसार हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । घटनामा एक भन्दा बढी संलग्न छन्, र उनीहरुको खोजीको लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले बताए ।
प्रतिक्रिया