अमेरिका / अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरेका छन्।
घटनामा कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।
रकफोर्ड शहरका प्रहरी प्रमुखले यस मामिलामा २२ वर्षीय युवकलाई पक्राउ गरी सोधपुछ भइरहेको बताएका छन्।
हत्याको कारण भने खुल्न नसकेको उनले बताए।
घटनामा ज्यान गुमाउनेमा कान्छी (१५) बालिका र ६३ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया