डडेलधुराको प्रदेश सभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् ।
मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनी १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई दुई हजार ९१८ मतले पराजित गरे ।
प्रतिक्रिया