पाण्डेकै संलग्नतामा नेपालमा पहिलोपटक ‘एक्स्पर्ट’को शाखा खोलिएको हो । उनी नेपालमा ‘एक्सपर्ट एजुकेशन’को सुरुवातकर्ताका रूपमा उदाए । सन् २०१३ मा काठमाडौंमा शाखा सञ्चालन भएको थियो । त्यसले हाल कोशी प्रदेशका शहरहरू इटहरी, विराटनगर, धरानबाट विद्यार्थीहरूलाई परामर्श दिइँदै आएको छ । उनका अनुसार एक्सपर्टले हाल २३ देशका ६५ शाखामार्फत सेवा दिँदै आएको छ । त्यस बाहेक उनकै नेतृत्वमा मलेसिया र फिलिपिन्समा समेत एक्सपर्टले शाखा बिस्तार गरेर बिद्यार्थीहरुलाई सेवा दिदै आएको छ ।‘शाखा भनेको व्यापार बढाउने मात्र होइन । एउटा सेवा भाव पनि हो,’ उनले भने, ‘सही तरिकाले शैक्षिक परामर्श दिनका लागि शाखाहरू बढाउँदै लगेका छौँ । हामीकहाँ आउने विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’ ‘एक्सपर्ट’को नेपालबाट १ लाख २५ हजार विद्यार्थीलाई सेवा दिइसकेको पाण्डेको दाबी छ । ‘एक्सपर्ट’ले ‘करियर काउन्सिलिङ्ग’ गरिरहेको बताउँदै उनी भन्छन्, ‘नेपालमा धेरै सम्भावनाहरु छन् । यहाँको शिक्षा प्रणाली पनि एकदमै राम्रो छ । तर, हामीमा धैर्यता छैन ।’ विदेश गएर पढेका मात्रै राम्रो हुन्छन् भन्नु भ्रम रहेको उनको जिकिर छ । रोजगारको सम्भावना खोजी गर्दै विद्यार्थीहरू बाहिरने प्रवृत्ति बढेको पाण्डेको बुझाइ छ । ‘एक्सपर्ट’ले ‘करियर’का कुरामा सहयोग गर्ने उनले बताए । ‘अस्टे«लियामा रहेका नेपाली विद्यार्थीहरूमा समस्या पर्दा परामर्श गर्दै आएका छौँ,’ उनले भने, ‘एक्सपर्टमार्फत गएका विद्यार्थीहरूलाई ६–६ महिनामा बिभिन्न इस्यु’मा सेमिनार समेत गर्ने गरिएको छ ।’ कोभिडपछि अस्ट्रेलिया आउने मान्छेहरूको संख्या बढेकाले पनि पछिल्लो समय भने कडाइ गरिरहेको उनको भनाइ छ । मिहिनेत गरे अवसरको खानी भएको देश भनेर अस्ट्रेलियालाई चिनिने उनले सुनाए । ‘एक्सपर्ट’ले बिजिनेस मात्रै नभइ सामाजिक कामसमेत गरिरहेको उनको भनाइ छ । मानवसेवाका लागि विभिन्न काम गरेको उनले बताए । ‘हामी जुन देशमा हुर्कियौँ । जुन समाजमा बस्यौँ । त्यो ठाउँमा काम गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्वको भावना छ । सोहीकारण पनि हामीले समाजमा लगानी गरिरहेका छौँ,’ पाण्डे भन्छन् ।
उनले आफू पछिल्लो समय अस्ट्रेलियामा बसेपनि नेपालमै लगानी भित्राउने वातावरण बनाउन लागि परेको बताए । ‘नेपालमा विदेशी लगानीका लागि सरकारलाई नीति, नियम बनाउन सहजीकरण गर्नुपर्छ । लगानीको उपयुक्त वतावरण तयार पार्नुपर्छ,’ पाण्डे भन्छन्, ‘एउटा कागज बनाउन महिनौ कुर्नुपर्छ । हामी हरेक क्षेत्रमा लगानी गर्न तप्पर छौँ । तर, सहजीकरण कसले गर्ने ?कुनै पनि क्षेत्रमा सफल हुन कडा मेहनत गरेर मात्र पुग्दैन । यसका लागि धैर्य, लगाव, इमान्दारीसँगै निरन्तरता मुख्य आधार मानिन्छ । सफल बनेका विभिन्न क्षेत्रका व्यक्तिहरुको कथा सुन्दा, पढ्दा यो सत्य साबित हुन्छ । यस्तै कथाका अनुकरणीय पात्रका रुपमा पाण्डे साबित भएका छन । किशोरावस्थामै कडा संघर्षसँग साक्षात्कार गरेका उनले कहिल्यै हार खाएनन् । धेरै अप्ठ्यारा मोडहरु आए तर निरास भएनन् । अनेक व्यवधानहरु सामने आउँदा पनि हरेस खाएनन् । जसका कारण उनि अहिले यो उचाइमा पुगेका हुन ।
प्रतिक्रिया