सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।
यादवले कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।
प्रतिक्रिया