बझाङ : बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनाव अन्तर्गत नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ।
छविस पाथिभेरा गाउँपालिकाका चारवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।
जसमा नेकपा एमालेका दमनबहादुर भण्डारीले १३०३ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत ल्याएका छन्।
सिंहभन्दा भण्डारी दोब्बर मतले अघि लागेका छन्। उनीहरुबीचको मतान्तर ६ सय ४७ मतको रहेको छ।
प्रतिक्रिया