इलाममा एमाले उमेद्वार नेम्वाङले कटाए १० हजार मत

सोमबार, १७ बैशाख २०८१
इलाम / इलाममा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउदै गएको छ । एमाले उमेद्वार सुहाङ नेम्वाङले १० हजार मत कटाउदा मतान्तर पनि ३ हजार भन्दा बढीले फराकिलो बनाएका हुन् । केहीबेरअघि सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेद्वार डम्बर खड्काले ६ हजार ९ सय ४४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार