मट्टीतेल र डिजलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो

मंगलबार, १८ बैशाख २०८१
काठमाडौं । डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ र डिजेलमा २ रूपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउमा भने यथावत राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार