दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, २४ बैशाख २०८१
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार