त्यसैगरि उप-सभापतिमा सिए आशिष अग्रवाल, सचिवमा सिए विवेक शर्मा र कोषाध्यक्षमा सिए मौसम पराजुली निर्बिरोध निर्वाचित भएका हुन् । सदस्यमा सिए. दिलिप कुमार मेहता, सिए पारस कुमार बिस्वास, सिए. मनोज कुमार मेहता र सिए. आयुषा गुप्ता निर्वाचित भएका छन् ।
त्यस्तै संघको ३५ औं केन्द्रिय कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा सिए. अरुण राउत , उपाध्यक्ष सिए. अनुप नेपाल (निर्विरोध), महासचिवमा सिए. संजिता नेपाल , कोषाध्यक्षमा सिए. दिलीप खनाल, सदस्यहरुमा सिए. भरत सुबेदी, सिए. नवराज गौतम, सिए. सौरभ अधिकारी, सिए. अनुप अर्याल, सिए. घनश्याम ओली र महिला सदस्य सिए दृष्टि पौडेल निर्वाचित भएका छन् ।
पदाधिकारीहरुको कार्यकाल दुई वर्षको रहनेछ । वि. सं २०३४ सालमा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) संघमा दुई हजार पाँच सय भन्दा बढी सक्रिय सदस्य रहेका छन । संघले लेखा व्यावसाय पेशाको विकास, प्रवर्द्धन, संरक्षण, यसका सदस्यहरूलाई एकताबद्ध बनाउने र उनीहरूको हितको रक्षा गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया