एमाले राष्ट्रपति माग्दै हिडेको छैन्–एमाले सचिव भट्टराई

शनिबार, ०६ फागुन २०७९
सुर्खेत ।  नेकपा एमालेका पाटी सचिव योगेश भट्टराईले एमाले राष्ट्रपति माग्दै नहिड्ने बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका युवा नेता भट्टराईले यस्तो बताएका हुन् । उनले तत्कालिन अवस्थामा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद माग्दा राष्ट्रपति र सभामुख पद आफै एमालेलाई दिएको भन्दै एमालेले कसैसँग राष्ट्रपति नमागेको बताए । उनले भने, २०८९ साल मंसिर चार गते सम्पन्न निर्बाचनमा माओबादी, कांग्रेस लगायतका बिचार सिद्धान्त नमिल्ने दलहरुबीच अपराकृतिक गठबन्धन थियो । बिचार र सिद्धान्त बिहिन स्वार्थको गठबन्धन ढिलो चाँडो फुट्नै थियो । एमाले पर्ख र हरेको अवस्थामा गत पुस १० गते बालुवाटारबाट प्रचण्ड बालकोट पुगेकै हुन् । बालकोटमा प्रचण्ड आफैले एमाले माओबादी ढाई ढाई बर्ष सरकारको नेतृत्व गर्ने, पहिलो कार्यकाल कांग्रेसले आफुलाई नेतृत्व नदिदा एमालेसँग आउनु परेकाले आफुलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिनुपर्ने र यसो गरेबापत ठुलो दलको हिसावले एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमित गरेका हुन् । हामीलै कसैसँग पनि पद मागेका थिएनौँ । हामी सरकारमा जाने र बाहिर बस्ने दुवै परिस्थितिको सहर्स स्वीकार गर्ने अवस्थामै छौँ । नेकपा एमालेले सुरु गरेको दुई महिने मिशन ग्रासुट अभियानको शीलशीलामा सुर्खेत आएका युवा नेता भट्टराईले आगामी बैशाख ९ गतेसम्म एमालेलाई व्यवस्थित र उर्जाशील पार्टी बनाउन लागिरहेको बताए । उनले भने, त्यही अभियानका लागि म कर्णालीमा आएको छु । पार्टीको संगठन सदृढ र बिस्तार गर्नका लागि यो अभियान थालिएको हो । अर्को कुरा गत निर्बाचनमा पाटीका नेताहरुले गरेका सहयोग र असहयोगको सूचना संकलन पनि गर्नु हो । गत निर्बाचनमा पाटीका उम्मेद्वारहरुलाई असहयोग गरेको तथ्य भेटिए आउने बैशाख ९ पछि केन्द्रीय स्तरका नेताहरु पनि कारबाहीमा पर्छन् । कर्णालीमा पाटी उपाध्यक्ष सुवास नेवाङको नेतृत्वमा अनुगमन समिति पनि खटाएको छ । एमाले केन्द्रीय सदस्यहरु बिष्णु रिजाल, दल रावल, प्रदेश अध्यक्ष बिनोद शाह लगायतका नेताहरुको सहभागितामा भएको पत्रकार सम्मेलनमा नेता भट्टराईले पाटी नेतृत्वले कर्णालीमा नेतृत्व स्थापित गर्न र सरकारको नेतृत्वका लागि ध्यान नदिएको गुनासो आएको बताए । एमाले माओबादी गठबन्धनमा कर्णालीको नेतृत्व एमालेले नपाएको कुरालाई संकेत गर्दै उनले भने, यो प्रदेशका पाटीका नेता तथा कार्यकर्ताहरुबाट यो कुरा उठाएका छन् । यसलाई म पाटी अध्यक्ष ओलीको ध्यनाकर्षण गराउछु । कर्णालीका सवालहरुमा मेरो व्यक्तिगत तर्फबाट र संस्थागत रुपमा पनि आवाज उठाउने छु ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार