काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले हालसम्मकै उच्च कायम भएर नयाँ रेकर्ड बनेको छ ।
आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया