सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा , तोलाको कति पुग्यो ?

मंगलबार, २२ जेठ २०८१
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज १७०० रुपैयाँले बढेर एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २२ हजार ३ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २१ हजार ७ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९५ रुपैयाँ कायम गरेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार