सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतले १० हजार ५ सय ६१ मत ल्याएका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका उमेश थापाले ९ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् । थापालाई बस्नेतले १ हजार २ सय १६ मतले पछाडि पारेका छन्
सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मत परिणाम अनुसार ३७ हजार ७ सय २९ मतगणना भएको छ।
राप्रपाका उद्धव श्रेष्ठले ८ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।
सङ्घीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले १ हजार ३४ मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोटेले १ हजार २ सय १८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरू लाटिन चुनाव चिन्हका समीर तामाङले ३ हजार ९ सय ८१ मत ल्याएका छन् भने पानीको धारा चुनाव चिन्हका खगेन्द्र श्रेष्ठले १ हजार ३१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया