फिस्लिङ बजार नजिक बस र कार ठोक्किँदा , २० जना घाइते

शुक्रबार, ३२ जेठ २०८१
  काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस  कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार