काठमाडौ । बिहिबार सुनचाँदीको भाउ आज घटेको छ । बिहिबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ ।
यो हिजोको भाउभन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया