काठमाडौ । शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीवार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।
प्रतिक्रिया