पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु हुँदै

मंगलबार, ०१ साउन २०८१
काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ। मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी पूरा भएको आयोजकले जनाएका छन्। महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिए। यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नेछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार