देशैभर बिहानैदेखि हुँदैछ वर्षा, सतर्कता अपनाउन आग्रह

विहीबार, ०३ साउन २०८१
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहि देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार