विराटनगर : कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ ।
मुख्यमन्त्री कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको हो । यसैगरी मन्त्रीपरिषद्को बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ ।
उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले प्रदेश किताब खाना कार्य सञ्चालन निर्देशिका २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधन स्वीकृत गरेको छ ।
अब प्राकृतिक विपत्ति तथा आगलागीजन्य प्रकोपमा परी मृत्यु भएका व्यक्तिलाई १ लाख रुपैयाँ दिने र एकै परिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति ५० हजार दिइने निर्णय भएको छ ।
प्रतिक्रिया