इटहरी । कोरियन शैलीका विद्युतीय सवारी साधन अब नेपालमै उत्पादन गरिने भएको छ । सवारी साधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको हो ।
नेपालका तर्फबाट एन के मोटर्स प्रालि र कोरियाका तर्फबाट एसडीके कम्पनी बिच कोरियामा नै भएको एक कार्यक्रमका बिच सम्झौतामा सम्झौता भएको हो ।
सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् । एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितीमा भएको सम्झौता अनुसार करिब तीन अर्ब रुपैयाँको द्धिपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारी साधन उत्पादन गरिने बताइएको छ ।
प्रदेश १ मा उपयुुक्त स्थानको खोजी गरि उद्योग स्थापना गरिने का एनके मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । हाल चलिरहेका डेजेल तथा पेट्रोलवाला सवारी साधनहरुको विस्थापित गर्दै विद्युतीय सवारी साधन उत्पादनमा जोड दिनुनै सम्झौताको उद्देश्य भएको पुरीको भनाइ थियो ।
सोही उद्देश्य अनुसार विद्यालय, कलेज बस साथै निजी तथा सार्वजनिक सवारी साधनहरु उत्पादनमा कम्पनीले जोड दिने बताइएको छ ।
उनका अनुसार यहि मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि उपयुक्त स्थानको छनौट गरिनेछ भने एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ ।
अध्यक्ष पुरीले नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएको भन्दै यसकालागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया