हावाहुरी र वर्षाले कृषि बालीमा क्षति

विहीबार, १७ साउन २०८१
ताप्लेजुङ/  हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले लगाएको कृषि बालीमा क्षति गरेको छ । गए राति आएको हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा मकैलगायतका कृषि बालीमा क्षति गरेको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साबिक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पु¥याएको छ । वर्षा र हावाहुरीले मकै बाली, तरकारी बाली, नगदे बाली अलैँची लगायतमा क्षति पु¥याएको वडाध्यक्ष गुरुङले बताए । हावाहुरीले घोगा लाग्ने बेलाको मकै बाली ढालेर सोत्तर बनाएको स्थानीय किसानले बताएका छन् । त्यस्तै बन्दा कोपीलगायत तरकारी बालीमा हावाहुरी र वर्षाले क्षति गरेको छ । फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँची बालीमा पनि हावाहुरी र वर्षाले क्षति पु¥याएको छ । हावाहुरीले बोट भाँच्नुका साथै ढालेर क्षति गरेको छ भने वर्षाका कारण भल बाढीले तरकारी बाली र अलैँचीको फूल तथा दाना लाग्न सुरु गरेको थुँगालाई पुरेर क्षति गरेको किसानको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार