इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
बिहीबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ घटाउने निर्णय गरेको हो।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट घटेर आएपछि स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।
प्रतिक्रिया