इटहरीमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय

सोमबार, ०३ भदौ २०८१
इटहरी : इटहरी उपमहानगरपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाईजात्राको अवसरमा भदौ ४ गते मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाईजात्रा पर्वको अवसरमा उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । सूचनाअनुसार नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यहाँका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार