सिंघिया खोलामा बेपत्ता भएका बालक मृत फेला

मंगलबार, ०४ भदौ २०८१
विराटनगर । मोरङको कटहरी र विराटनगरको सिमाना भएर बग्ने सिंघिया खोलामा डुबेर बेपत्ता भएका एक जना बालकलाई मृत फेला पारिएको छ । पौडी खेल्ने क्रममा सोमबार बिहान ११ बजेतिर डुबेर बेपत्ता भएका कटहरी गाउँपालिका–१ जमटोकीका १६ वर्षीय नितेश सिंहको शव भेटिएको हो । डुबेकै ठाउँमा किशोरको शव फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । उनका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शव फेला पारेको हो । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार