इटहरी : कक्षा १२ का करिब ४० हजार विद्यार्थीले पुनर्योगको लागि आवेदन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले साउन १८ गते प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएका हुन् ।
पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले जानकारी दिए ।
कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ ।
नतिजा अनुसार अहिलेसम्म ५५ जनाको नतिजा परिवर्तन भएको छ । कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागीमध्ये एक लाख ८१ हजार ७८५ जनाले एनजी ल्याएका थिए ।
पुनर्योगमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्नका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया