कुमारी बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न ८० प्रतिशतसम्म कर्जा दिने

मंगलबार, १६ फागुन २०७९
काठमाडौ । कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गबिच सहकार्य हुने भएको छ । सिप्रदी ट्रेडिङ्गमा विद्युतीय सवारी साधन खरिद गर्दा कुमारी बैंक कर्जा प्रदान गर्ने भएको हो । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने बताइएको छ । कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । कर्जाको अवधी ८ वर्षसम्म रहने प्रावधान गरिएको बैंकले जनाएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार