लागू भयो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता

बुधबार, १७ फागुन २०७९
काठमाडौ । आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लाग्ने आचारसंहिता सुरु भएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जानकारी दिएको हो । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उमेदवार बनेका छन् । यता नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म उपराष्ट्रपतिको उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ । आठ दलीय सत्ता गठबन्धनबाट जसपाले उपराष्ट्रपति पाएको चर्चा छ । तर कसलाई उमेदवार बनाउने भन्ने विषय टुंगो लागेको छैन । यता नेकपा एमालेले पनि हाल सम्म  उपराष्ट्रपतिक विषयमा कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार