सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्ने

विहीबार, १३ भदौ २०८१
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सिटिइभिटी सम्बन्धी नीतिलाई नै पुनः निर्माण गर्न नसकेपनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘सिटिइभिटीलाई पुनः संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनः निर्माण गर्न नसकेपनि कम्तीमा सिटिइभिटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सिटिइभिटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसको लागि दुई वटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’ यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरू भइरहेको बताइन् । युवाहरूलाई देशमा राख्नको लागि धेरै काम गर्न बाकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार