पोखरा : गण्डकी प्रदेशमा नेकपा एमालेबाट नियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी चार जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।
गण्डकीमा सात बाट बढाएर नौ मन्त्रालय बनाएपछि एमालेले चार मन्त्रालय पाएको हो ।
प्रतिक्रिया