पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी

मंगलबार, २५ भदौ २०८१
विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनमा स्थानीय प्रशासनले हस्तक्षेपको तयारी गरेको छ । अनशन स्थलमा ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर हस्तक्षेप गर्न लागिएको हो । कार्कीले निषेधाज्ञाको उल्लङ्घन गर्दे निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा सर्थकहरुसहित अनशन सुरु गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञालाई बेवास्ता गर्दै कार्कीले अनशन सुरु गरेका थिए । उनले ४ बजे प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक अनशन सुरु गरेका हुन् । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो । सुरुमा निषेधित क्षेत्रमा अनशन नबस्न आग्रह गरिने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । जबरजस्ती गरेमा हटाइने उनको भनाइ छ । निषेधित क्षेत्रमा अनशन बस्न नपाइने भट्टराईले बताए ।

यो पनि –पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन

यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार