प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रूपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।” मुख्यमन्त्री कार्कीले किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको र यसलाई निरन्तरता दिइएको समेत जानकारी दिए ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए ।
‘सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिहेको छ,’ उनले भने, ‘कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन ।’
सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उनी बताउँछन् । उनले ७ वटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए । अधिकारीले दूग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्यक रहेको उल्लेख गरे
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्स्पोको आयोजना गरिएको जानकारी दिए ।
उनले भने, ‘कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गरेर निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिने उद्देश्य हो ।’ राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए । हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न वस्तुको बढ्दो आयात चिन्ताको विषय भएको उनको भनाइ छ ।
महासंघीकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताइन् । भनिन्, ‘कोसी प्रदेश त कषिका लागि अझ धेरै उर्वर भूमि हो ।’
कार्यक्रममा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषि क्षेत्रले उन्नति गर्न सक्ने बताएका छन् । परियोजनाले विगत ४ वर्षदेखि कोशी प्रदेशमा काम गरिरहेको श्रेष्ठको भनाइ थियो ।
एक्स्पोमा १३० वटा स्टलमा कोशी प्रदेश, भारतको बिहार र बङ्गालका नवीनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षी, पर्यावरणमैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ ।
एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पोको आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया