आज राष्ट्रिय बाल दिवस मनाइदै

शनिबार, २९ भदौ २०८१
काठमाडौं । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार