नेपाल इञ्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा कांग्रेस निकट जिसी निर्वाचित

शनिबार, २९ भदौ २०८१
पोखरा : नेपाल इञ्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट रहेका जिसीले पाँच सय ९२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी सिडेनका तर्फबाट चुनावी मैदानमा थिए । सिडेन कांग्रेसको सुभेच्छुक संगठन हो । निकटतम् प्रतिद्वन्द्वी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत ल्याएका हुन् । जिसीसहित कांग्रेस एक्लैले सबै पदमा क्लिन स्वीप पारेको हो । केन्द्रीय सदस्यमा सिडेनका अबित केसी विजयी भए । उनले ६०६ मत पाउँदा निकटतम प्रतिस्पर्धी रामचन्द्र पोखरेलले ४३९ मत पाए । प्रदेशको उपसभापतिमा विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी कृष्ण रिजालले ३९० मत ल्याए । सचिवमा पनि सिडेनकै निरोज लामिछाने ६०६ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा पनि सिडेनकै मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अस्मिता खनालले ५२१ मत पाइन् । कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने उनीसँग सोवित श्रेष्ठ पराजित भइन् । यसैगरी सदस्यहरूमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार