ट्याक्टर दुर्घटना हुँदा सङ्खुवासभामा २ जनाको मृत्यु

बुधबार, ०२ असोज २०८१
सङ्खुवासभा :सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदवारि किमाथांका सडक खण्डको वरुणबाट खाँदवारि आउने क्रममा ट्याक्टर भीरबाट खसेको थियो । खाँदवारि नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार ट्याक्टर भीरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार