सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले पाए विश्वासको मत

आइतबार, २१ फागुन २०७९
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुई तिहाई मत पाएका हुन्। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४१ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। ५३ सदस्यीय प्रदेशसभामा आज उपस्थित सांसद ५२ थिए भने मुख्‍यमन्त्री शाहको पक्षमा ४१ मत पर्‍यो भने विपक्षमा ११ मत पर्‍यो। माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार