नेपालमा पहिलोपटक अलैंची ग्रेडिङ गर्ने उपकरण

सोमबार, ०७ असोज २०८१
पॉचथर : नेपालमा पहिलो पटक अलैंची ग्रेडिङ गर्ने उककरण निर्माण भएको छ । कृषि यन्त्र निर्माण गर्दै आएको कामाक्षा एग्रो इन्जिनियरिङ कम्पनीले यस्तो यस्त्र निर्माण गरेको हो । कम्पनीले विद्युतीय र हाते गरी दुई किसिमका उपकरणले निर्माण गरेर बजारमा ल्याएको छ । दुवै उपकरणले सुकाएका अलैंचीका दाना ठूला, मझौला र साना गरेर तीन समूहमा छुट्यादिन्छन् । एक वर्ष अघिदेखि अनुसन्धान थालेको कामाक्षाले तीन महिना अगाडीदेखि यी उपकरण निर्माण गरेर अलैंची पकेट क्षेत्रमा पठाउन थालेको प्रवन्ध निर्देशक ध्रुव अधिकारीले बताए । उनका अनुसार यसरी निर्माण गरिएका ग्रेडिङ मेसिन नेपाली जनशक्तिले नेपालमै उत्पादन गरेका हुन् । निर्मिति मेसिन फलामका रहेको उनले बताए । उक्त कम्पनीले यसअघि कृषि बाली उत्पादनका लागि खेत बारीमा प्रयोग हुने उपकरण निर्माण गर्दै आएको थियो । कामाक्षाले अलैंची उत्पादन हुने पॉचथर, इलाम, ताप्लेजुङ, तेह«थुम, धनकुटा, भोजपुर र संखुवसभा लगायतका जिल्लालाई लक्षित गरेर उत्पादन गरिएका उपकरण यतिबेला विभिन्न जिल्लामा लगेर प्रदर्शनी गरिरहेको छ । ती उपकरण यसअघि विराटनगरमा आयोजित कृषि एक्स्पोमा समेत प्रदर्शनी गरिएको थियो । उपकरणले ग्रेडिङ गरेका अलैंचीमध्ये सबै भन्दा ठूला दाना बजारमा चलेको मूल्यभन्दा प्रतिकिलो दुई सय रुपैंया मूल्यमा बिक्री हुने फिदिमका अलैंची व्यवसायी दीपक नेपालले जानकारी दिए । किसानले उत्पादन गरेका अलैंचीको सही ढंगले ग्रेडिङ नहु‘दा कम मुल्यमा बेच्नुपर्ने बाध्यता रहेकाले अब न्यूनीकरण हुने उनको भनाइ छ । विद्युतीय उपकरणले एक एक दिनभरमा एकसय मन र हाते उपकरणले ५० मन अलैंची ग्रेडिङ गर्ने क्षमता राख्छन् । उक्त कम्पनीले निर्माण गरेका दुइवटै उपकरण आइतबार पॉचथरको फिदिममा प्रदर्शनीसमेत गरिएको थियो । अलैंची उत्पादक किसान, व्यवसायी, कृषि क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि र यन्त्र उत्पादक कम्पनीका प्रतिनिधिको उपस्थितिमा भएको प्रदर्शनीमा उपकरण प्रयोग गर्ने विधिबारेसमेत चर्चा गरिएको थियो । विद्युतीय उपकरणको मूल्य एक लाख र हातेको मूल्य ५० हजार हाराहारी पर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार