काठमाडौँ : द ब्रिटिस कलेजले छैटौँ संस्करणको ब्रिटिस कप–२०२५ इन्टर कलेज फुटसल प्रतियोगिता आगामी अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा आयोजना गर्ने भएको छ। यस वर्ष पहिलो पटक दुई अलग–अलग डिभिजन समावेश गरिएको छ।
सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा विभिन्न कलेजहरूले सक्रिय सहभागिता जनाउँदै आएका छन्।
यस पटक नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप र मनास्लु २ जस्ता कलेजहरूले प्रतिस्पर्धा गर्ने छन्।
त्यस्तै, स्नातक डिभिजनमा विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेसनल कलेज, द वेस्ट मिनिस्टर कलेज, थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौँ बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेज सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई ५ देखि १० हजार रुपैयाँसम्मको नगद पुरस्कारले सम्मान गरिने छ।
ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले छैटौँ संस्करणसम्म आइपुग्दा प्रतिस्पर्धा थप रोमाञ्चक र सहभागी कलेजहरूको संलग्नता अझै बढेको बताउँदै टिमवर्क र स्पोर्टस म्यानसिपलाई प्रोत्साहित गर्ने उद्देश्य सफल हुँदै गएको बताए।
प्रतिक्रिया