काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,चाँदीको मूल्य पनि बुधवार बढेको छ । मङ्गलवार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ।
प्रतिक्रिया