कोशी प्रदेशको योजना आयोग सदस्यमा सुनसरीका नारायण र मोरङकी प्रमिला नियुक्त

विहीबार, १० असोज २०८१
विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा सुनसरीका नारायण कोइराला र मोरङकी प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य नियुक्त गरेको हो । उनीहरू नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट आयोगको सदस्य बनेका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बधुबार पदबाट राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिएको भोलिपल्ट कांग्रेसको कोटाबाट उनीहरूलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार