लगातार बढ्दै सुनको मूल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

शुक्रबार, ११ असोज २०८१
काठमाडौँ । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार