आगलागीमा १५ लाखको क्षति

सोमबार, १४ असोज २०८१
विराटनगर । मोरङको रंगेली नगरपालिका–९ शान्ति चोकमा आगोले एउटा घर जलेर ध्वस्त हुँदा १५ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार आगोले मुकुन्दप्रसाद कोइरालाको अढाई तले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण कागजात सबै जलेर ध्वस्त भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ६ः४५ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीको कारण खुल्न नसकेको र विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । मानवीय एवं चौपाया क्षति भने नभएको घटनामा १५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । प्रहरीले आगलागीको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार