कुलोमा भेटियो नाबालकको शव

बुधबार, १६ असोज २०८१
विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ त्रिवेणीस्थित कुलोमा नाबालकको शव फेला परेको छ । सुरेश चौधरीका २ वर्षीय छोरा कात्तिक चौधरीको शव घरनजिकै रहेको कुलोको पानीमा फेला परेको हो । कुलोमा डुबेर नाबालकको मृत्यु भएको खबर प्रहरीले बुधबार बिहान १० बजेतिर प्राप्त गरेको थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान अघि बढाएको छ । खेल्दै जाने क्रममा नाबालक कुलोमा डुबेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार