विराटनगर । मोरङमा बिहीबार दिउँसो १ जना युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार लोहन्द्रा खोलाले बगाउँदा कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशी बेपत्ता भएका हुन् । राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले दिउँसो ३ः४५ बजेतिर बगाएको जोशीले बताए ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउनसाथ स्थानीय र प्रहरीले खोजी थालेका थिए । तर, साँझसम्म फेला पार्न सकेका छैनन् ।
राजवंशीको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा टोली परिचालन गरिएको थियो । साँझसम्म फेला नपरेपछि टोली फर्किएको र शुक्रबार बिहानैबाट पुनः खोजी सुरु गरिने जानकारी डीएसपी जोशीले दिए ।
प्रतिक्रिया