बूढीगंगामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

आइतबार, २० असोज २०८१
विराटनगर । माेरङकाे बूढीगंगामा मिक्सचर ट्रककाे ठक्करबाट आइतबार दिउँसो १ जना सशस्त्र प्रहरीकाे मृत्युु भएको छ । काेशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-४ गाेकुवा चाेकमा प्रदेश १-०२-०५४ प ९२०२ नम्बरकाे माेटरसाइकललाई प्रदेश १-०२-००१ क ३७१३ नम्बरकाे मिक्सचर ट्रकले दिउँसो १:४० बजेतिर ठक्कर दिएकाे थियाे । प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ माेडिदै गरेकाे माेटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेकाे मिक्सचर ट्रकले ठक्कर दिँदा दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर माेटरसाइकलकाे पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङकाे मृत्यु भएकाे माेरङ प्रहरीका डीएसपी वेदप्रकाश जाेशीले जानकारी दिए । उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियाे । चिकित्सकले दिउँसो २:४५ बजेतिर मृत घाेषित गरेको जानकारी जाेशीले दिए । दुर्घटनामा परेर माेटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । धनकुटाकाे साँगरीगढी गाउँपालिका-९ घर भएका उनकाे विराटमै उपचार भएकाे छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मिक्सरकाे तीव्र गति र माेटरसाइकल चालकको कमजोरीले दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार