सडेको अवस्थामा राजेश हजामको शव फेला

आइतबार, २० असोज २०८१
झापा :  १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलबारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार हजामको शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा उत्खनन गर्दा सडेको अवस्थामा फेला परेको हो । साबिक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५-७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुई दिन लगाएर गरिएको उत्खननको क्रममा हजामको शव फेला परेको हो । शुक्रवार विरिङ खोलाको दुई ठाउँमा उत्खनन गरिएको थियो । तर, शव फेला परेको थिएन । यस अघि बाह्रदशी ६ स्थित एक घरमा उत्खनन गरिएको थियो । हजामलाई हत्या गरेर घरको बरन्डामा गाडिएको आशङ्कामा उत्खनन गर्दा हत्यामा प्रयोग गरिएको सामग्री प्रहरीले बरामद गरेको थियो । उत्खननका क्रममा नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक बरामद भएको थियो । प्रहरीले यस अघि घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ निवासी ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष् थापा, २० वर्षीया मुना मेचे ९राजवंशी० र १६ वर्षीय नरेश राजवंशी पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूको बयानका आधारमा प्रहरीले आइतबार पुनः विरिङ खोलामा दुई वटा जेसीवी लगाएर उत्खनन गरेको थियो । पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समीर राजवंशी जेठाजु हुन् । गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजी कार्यका लागि भन्दै खोजपत्र परेको थियो । प्रहरीले गरेको अनुसन्धानका क्रममा हजामको हत्या गरेर सुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशङ्का गरिएको छ । मुनाका श्रीमान् अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार