विराटनगर : मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर मंगलबार साँझ १ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ का ५९ वर्षीय एकराज भनिने आइतहाङ केदेन लिम्बूको मृत्यु भएको हो ।
आफ्नै निर्माणाधीन पक्की घरमा ‘मल्टिप्लग’बाट तार जोडेर बत्ती बाल्ने क्रममा साँझ ६ः४५ बजेतिर करेन्ट लागेर लिम्बू गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो ।
उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको जानकारी डीएसपी दाहालले दिए । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया