सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?

विहीबार, ०१ कार्तिक २०८१
काठमाडौं । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार